काठमाडौं । नेपाली कांग्रेसले केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारीका लागि नेपाल सरकारद्वारा सिफारिस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकेले विज्ञप्ति जारी गरेर भने, ‘नेपाल सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी सम्माननीय राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषय तर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले...