एक सय करोड कमाइ नजिक ‘शैतान’

मुम्बई । भारतीय फिल्म ‘शैतान’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

प्रदर्शन भइरहेको ‘शैतान’ले ८१ करोड ५३ लाख भारू कमाइ गरेको छ । यो कमाइ ‘शैतान’ले एक हप्तामा गरेको छ ।

अभिनेता अजय देवगनको अभिनय रहेको ‘शैतान’ले पहिलो दिन १५ करोड ५१ लाख भारू कमाएको छ । दोस्रो दिन १९ करोड १८ लाख, तेस्रो दिन २० करोड ७४ लाख, चौथो दिन ७ करोड ८१ लाख, पाँचौं दिन ६ करोड ५७ लाख, छैटौं दिन ६ करोड २७ लाख र सातौं दिन ५ करोड ७५ लाख कमाइ गरेको छ ।

‘शैतान’लाई विकाश बहलले निर्देशन गरेका छन् । ‘शैतान’मा आर.माधवन, ज्योतिका, जनकी बोदिवाला, अंगद माहोलेलगायतको अभिनय रहेको छ ।

‘शैतान’मा अजय देवगन, ज्योति देशपान्डे, कुमार मन्गत पाठक र अभिषेक पाठकको निर्माण रहेको छ । फिल्ममा सञ्जीव जोशी र अमृत दलमिया सह–निर्माता हुन् ।

गत शुक्रबार रिलिज भएको ‘शैतान’लाई दर्शकले रुचाएका छन् । फिल्मको कमाइलाई लिएर निर्माण पक्षले खुसी मनाएको छ । एजेन्सी

Published : Friday, 2024 March 15, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया