नेपाली अभिनेत्री र मोडलहरू

काठमाडौं । १३औँ संस्करणको आइइसी डिजाइनर रनवेमा अभिनेत्री र मोडलहरूले प्रस्तुति देखाएका छन् ।

काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंकारानी जोशी, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका सेलिब्रेटी एउटै र्‍याम्पमा प्रस्तुत गरेका छन् ।

उनीहरू शो टपरको रुपमा विभिन्न आकर्षक पहिरन सहित र्‍याम्पमा प्रस्तुत भएका हुन् ।

भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहेको शोमा नेपालका २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए ।

Published : Saturday, 2024 March 30, 3:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया