सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्रीले अर्का एसपीलाई पनि ताने

काठमाडौं । कारणविना जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मालाई प्रहरी हेडक्वार्टर नक्सालमा तानिएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई हेडक्वार्टर तान्ने निर्णय गरेको हो । यसअघि, तराईका सात जिल्लाका एसपीहरूलाई पनि प्रहरी हेडक्वाटरले विनाकारण तानेको थियो ।

एसपी शर्माले फागुन २ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कमाण्ड सम्हालेका थिए । समयावधि नपुग्दै एसपी वा अन्य प्रहरी कर्मचारीको सरुवा हुँदा कारण भन्नुपर्छ । गल्ती गरेको छभने कारबाही गर्नुपर्छ । मन लाग्दैमा सनकको भरमा एसपी वा प्रहरी कर्मचारीको सरुवा गर्न मिल्दैन । नियमावलीले पनि सरुवाको कारण भन्नुपर्ने व्यवस्था गरेको छ ।

सहकारीको करोडौं रकम ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेले समय नपुगेका एसपीहरूलाई धमाधम तानेर आफू निकटका एसपीलाई जिल्ला ईञ्चार्ज बनाएर पठाइरहेका छन् ।

गृहमन्त्री लामिछानेले मोरङ, पर्सा, झापा, रुपन्देही जस्ता जिल्लाका एसपीलाई चलाएका छैनन् । ती जिल्लाका एसपीहरू विवादमा आइरहेका छन् । तैपनि गृहमन्त्री लामिछाने र आईजीपी बसन्तबहादुर कुँवरले चलाएका छैनन् ।

Published : Monday, 2024 April 22, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया