खेलकुद संघले स्थापना दिवस मनाउने, सभापति देउवाले उदघाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले १०औं स्थापना दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।

बिहीवार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले स्थापना दिवसको अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष देवेन्द्रकुमार शेरचनले बताए ।

महासचिव दीपक गुरुङलाई कार्यक्रम व्यवस्थापन गर्नका लागि संयोजकको जिम्मेवारी पनि कार्यसम्पादन समितिले दिएको छ ।

२०७१ सालमा नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना भए पनि नेपाली कांग्रेसले २०७९ साउनमा भ्रातृ संस्थाको मान्यता दिएको थियो ।

शुक्रबारदेखि नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्टस् क्लबको संयुक्त आयोजनामा १९ गते सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपमा आयोजना हुने नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग बुद्धिचाल प्रतियोगिता भब्य र सभ्य रुपमा सफल पार्न संघका केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई अवनिवार्य उपस्थितिका साथै आ–आफ्नो तर्फबाट यथासक्य सहयोग पनि निर्णय गरिएको छ ।

बुद्धिचाल प्रतियोगिताका दौरान नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य स्वर्गीय राजेशहरि जोशीलाई मरणोप्रान्त र टेबल टेनिसका संस्थापक प्रशिक्षक एवं पूर्व मुख्य प्रशिक्षक रमेशराज जोशीलाई सम्मान गर्ने निर्णय पनि गरिएको छ ।

कार्यसम्पादन समितिले लोकतान्त्रिक संघको अधिवेशनको खाका पनि अनुमोदन गरेको छ । जस अनुसार केन्द्रीय महाधिवेशन २०८१ माघ ३० गतेभित्र सम्पन्न गर्ने गरी तालिका पारित गरेको छ ।

जस अनुसार वडा इकाई अधिवेशन भदौ २१ गतेसम्म सम्पन्न गर्ने मिति तय गरिएको छभने पालिका अधिवेशन भदौ ३१ सम्ममा सम्पन्न गर्ने उल्लेख छ ।

असोज ३० गतेसम्म क्षेत्रीय (प्रदेश सभा तथा संसदीय निर्वाचन) अधिवेशन गर्ने र जिल्ला अधिवेशन कार्तिक ३० गतेभित्र सम्पन्न गर्ने उल्लेख छ ।

प्रदेश अधिवेशनका लागि मंसिर ३० सम्मको समय तोकिएको छभने केन्द्रीय महाधिवेशन माघ ३० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष शेरचनले बताए ।

Published : Friday, 2024 April 26, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया