नेपालले ओलीको अहँकारलाई जवाफ दिए, संकटमा प्रचण्डको गठबन्धन

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको टकरावले नयाँ गठबन्धन संकटमा परेको छ ।

सोमबार ललितपुरको गोदावरीमा एमालेले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सवलाई अध्यक्ष नेपालले बहिस्कार गरिदिएका छन् । एमालेको हीरक महोत्सव बहिस्कार गरेर नेपाल काभ्रेमा पार्टीको कार्यक्रममा सहभागी हुन गएका छन् ।

एमालेका अध्यक्ष ओलीको अहँकार, दम्भ र घमण्डलाई चक्नाचुर बनाउन नेपाल हीरक महोत्सवमा गएनन् । ओलीले नेपाललाई पनि बोलाएका थिए । एमालेबाट छुट्टिएका नेताहरू झलनाथ खनाल, सीपी मैनाली, बामदेव गौतम लगायतका नेताहरू उपस्थित थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएका थिए ।

त्यति मात्रै होइन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि हीरक महोत्सवमा सहभागी भएका थिए । देउवाले मदन भण्डारीको मृत्युबारे किन छानविन नगरेको भनेर एमालेकै कार्यकर्ताका बीच ओली र विद्यादेवी भण्डारीलाई प्रश्न गरेका थिए ।

ओलीको दम्भ र अहँकारले सत्ता गठबन्धन धरापमा पर्न लागेको चर्चा भइरहेका छन् । ओलीको दमनलाई नेपालले अस्वीकार गर्दै आएका छन् ।

एमाले हीरक महोत्सवको निम्ता बेवास्ता गर्दै अध्यक्ष नेपाल काभ्रको कार्यक्रममा सहभागी भए ।

सत्ता रहेका दलहरूमा सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्वको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी)ले कांग्रेससित सहकार्य गर्ने प्रयास गरेपछि त्यसको तरङ्ग गठबन्धनमा परेको छ ।

संघीय सरकारका लागि प्रतिनिधिसभामा १० सिट बलियो आधार भएकाले प्रधानमन्त्री दाहालको पहलमा नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिने समझदारी भएको थियो । नेकपा (एकीकृत समाजवादी)का कारण बेला–बेला सत्ता समीकरणमा भइरहेको खटपटको पछाडि ओली–नेपालको इगोले काम गरेको छ ।

नेपालले ओलीप्रति लक्षित गर्दै धाक, धम्की र गाालीगलौज भइरहेकाले असहज भएको बताउँदै आएका छन् । उनले यो सत्ता गठबन्धन कति दिन टिक्ने हो भनेर प्रश्न उठिरहेको पनि बताएका छन् ।

‘नेपालको राजनीति जटिल छ । छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ’, नेपालले भने, ‘कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीले दिनुहुनेछ, मैले दिन सक्दिनँ ।’

नेपालले भने, ‘परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ ।’

‘समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ’, नेपालले भनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)को १० सिट प्रचण्ड सरकारका लागि बलियो आधार हो । मधेश, वाग्मती, लुम्बिनी र सुदूर पश्चिममा गठबन्धन सरकार निर्माणका लागि निर्णायक भएकाले अध्यक्ष नेपालको सौदाबाजी गर्ने बलियो आधार बनेको छ ।

आगामी साढे तीन वर्षको अवधिमा प्रधानमन्त्री पाउनु पर्ने दावी गर्दै नेपालले सम्मानजक सहकार्य हुनुपर्नेमा जोड दिंदै आएका छन् ।

एमाले अधयक्ष मन्त्रालय बाँडफाँटमा उपप्रधान र भौतिक पूर्वाधार मन्त्रालयसहित आठ मन्त्रालय लिएको एमालेले ‘शक्तिशाली’ मन्त्रालय दावी गरेन । विगतजस्तो ओलीले अर्थ, गृह, परराष्ट्र मन्त्रालय छाडेर अरुनै मन्त्रालय लिएर सहकार्य थालेको थियो ।

केही समय यता ओलीले दाहालमाथि आफ्नो दवाव र प्रभाव बढाउन थालेका छन् । जसका कारण बेलाबेला गठबन्धनमा हलचल हुन थालेको छ । ओलीको अहँकार र दम्भको अर्थ नेपालले बुझेका छन् । दाहाललाई ओलीको अहँकार बुझ्न अझै केही समय लाग्नेछ ।

Published : Tuesday, 2024 April 23, 9:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया