भुइँमा बसेको व्यक्ति जो उठेर दुई पटक प्रधानमन्त्री बन्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरलता र सहजताका कारण विश्वकै शीर्ष व्यक्तित्वमा पर्न सफल भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)को साधारण कार्यकर्ता, नेता हुँदै देशको प्रधानमन्त्री दुई पटक भइसकेका मोदी निकै सामान्य मानिन्छन् । उनको अभिव्यक्ति कौशलता र छिटो कुरा बुझ्न सक्ने क्षमताले उनी उचाइँमा पुग्न सफल भएका छन् ।

सन् १९९० मा केशुभाई पटेलले गुजरातको मुख्यमन्त्री पदको शपथ ग्रहण गर्ने क्रममा मोदी विनम्रताका साथ कुर्सीभन्दा तल भुइँमा बसेका छन् । कुर्सीमा नेता लालकृष्ण आडवाणी, प्रमोद महाजन लगायतका नेताहरू बसेको तस्बिरमा देखिन्छ ।

मोदी कुर्सीमा बसेका छैनन् । भुइँमा बसेका छन् । शीर्ष नेताहरूको अगाडि देखिएका छन् । आफूलाई सहजताका साथ ढाल्न र समय परिवेशअनुसार चलायमान बनाउन सक्ने क्षमताकै कारण भारत जस्तो ठूलो मुलुकको बहुमतको प्रधानमन्त्री बनेका छन् । त्यो पनि दुई पटक ।

मोदीमा रहेको प्रजातान्त्रिक संस्कार, जनताको कुरा छिटो बुझ्न सक्ने क्षमता, युवा पुस्तासँग भिज्न सकेका कारण सफल व्यक्तित्व बन्न सकेका छन् ।

व्यक्ति अर्थात् नेतामा हुने नम्रताकै कारण सफलताले खुट्ट चुम्न आफै आइपुग्छ भन्ने प्रमाण मोदी हुन् ।

भारतमा मोदीको लोकप्रियता उनको नम्रताकै साथ पच्छाएर आएको छ ।

कुनै बेला शीर्ष नेताहरूसँग कुर्सीभन्दा तल रहेका मोदी आज सर्वोच्च पद प्रधानमन्त्री भएका छन् । भुइँमा बसेको मान्छे जो उठेर प्रधानमन्त्री बनेको छ । त्यो हो नरेन्द्र मोदी ।

मोदीसँग विश्वले सिक्नुपर्ने धेरै कुरा छन् । मोदी प्रधानमन्त्री भएपछि भारतको आर्थिक विकास बढेको छ । विश्वसामु भारतको पहिचान बेग्लै बनेको छ । विज्ञानले फड्को मारेको छ । कृषि, शिक्षा, रोजगारी लगायतमा भारतले उल्लेख्य प्रगति गरेको छ ।

विश्वसँग आँखा जधाएर, काँधमा काँध मिलाएर भारत हिँडेको छ ।

विश्वकै ठूलो अर्थतन्त्र रहेको भारतलाई मोदीको सरलताले नै त्यो ठाउँमा पु¥याएको छ ।

मोदी विश्वका शीर्ष व्यक्तित्वमा पर्छन् । उनको व्यक्तित्वले भारत र भारतीय जनतालाई निकै फाइदा पुगेको छ ।

Published : Sunday, 2024 April 7, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया