गृहमन्त्री लामिछानेसँग राप्रपामा जति पनि नैतिकता देखिएन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि गम्भीर प्रश्न उठेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नी सांसद गीता बस्नेतलाई सहकारी छानविन प्रकरणमा राज्यलाई सहयोग गर्न निर्देशन दिएको छ ।

राप्रपाको बिहीबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नी सांसद बस्नेतमाथि छानबिनको माग गरेको हो ।

राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पु¥याउन आफ्नी सांसद बस्नेतलाई निर्देशन दिएर राजनीतिक संस्कार देखाएको छ ।

राप्रपाले आफ्नी सांसद बस्नेतलाई लागेको आरोपका विषयमा सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ ।

राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिनको दायरामा ल्याउन माग गरेको छ ।

प्रमुख विपक्ष दल नेपाली कांग्रेस सहकारीको रकम ठगी र अपचलन गरेको अभियोग लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानविन समितिको माग गरेर संसद अबरुद्ध गर्दै आएको छ ।

यस्तो बेला राप्रपाले आफ्नै सांसदलाई सहकारी प्रकरणमा छानविनमा राज्यलाई सहयोग गर्न निर्देशन दिएर उच्चस्तरको राजनीतिक संस्कार देखाएको छ ।

Published : Friday, 2024 May 3, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया