सभापति देउवाद्वारा वैदेशिक आप्रवासन विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन भएका छन् ।

शुक्रबार सभापति शेरबहादुर देउवाले विभागको सदस्यहरूमा १० जनालाई मनोनयन गरेका हुन् । विभागको प्रमुख कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ छन् । रसाइलीको सिफारिसमा देउवाले सदस्य मनोयन गरेका हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विभागको सदस्यमा मनोनयन हुनेहरूमा चित्रबहादुर केसी रुपन्देही, हाल संयुक्त अरव इमिरेट्स), नवीन शेरचन (मुस्ताङ, हाल अमेरिका), राजेन्द्र अधिकारी (लमजुङ), जयश बोहरा (मोरङ्ग) रहेका छन् ।

देवकुमार खोखाली (सिन्धुपाल्चोक), दीपक थापा (स्याङ्जा), महेश बस्नेत (उदयपुर), सुजित श्रेष्ठ (झापा), हीरादेवी वुढाथोकी (काठमाडौं) र संजय पनेरु (गोरखा)लाई पनि विभागको सदस्यमा मनोनयन गरिएको छ ।

Published : Friday, 2024 May 3, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया