कांग्रेस नेताहरूद्वारा कालिन्चोक भगवतीको दर्शन

चरीकोट । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्का र बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले दोलखामा कालिन्चोक भगवतीको दर्शन गरेका छन् ।

शुक्रबार बिहान उप–सभापति खड्का र सभापति बानियाँसहितका नेताहरूले कालिन्चोक भगवतीको दर्शन गरेर आशीर्वाद लिएका हुन् ।

भगवतीको दर्शनका लागि नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ पनि गएका थिए ।

दोलखाको चरीकोटमा नेपाली कांग्रेस बागमतीले प्रशिक्षण तथा भेला राखेको छ । प्रशिक्षणमा सहभागी हुन १२ जिल्लाका जनप्रतिनिधि तथा नेताहरू भेला भएका छन् । शुक्रबार प्रशिक्षणको उदघाटन हुनेछ ।

दुई दिनसम्म चल्ने प्रशिक्षण र भेलाबाट आउने निष्कर्षलाई कांग्रेसको संगठन निर्माणमा लागू गरिने बागमती कांग्रेसका सभापति बानियाँले बताएका छन् ।

Published : Friday, 2024 May 3, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया