सरकारद्वारा २८ सह–सचिवहरूको सरुवा, ४ उपसचिवको पनि सरुवा

काठमाडौं । सरकारले २८ जना सह–सचिवहरूको विभिन्न मन्त्रालय र मातहतमा सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सह–सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

सरकारले सह–सचिव देवराज जोशी, लीलाप्रसाद शर्मा, बाबुराम अधिकारी, राजेश गौतम, चन्द्रकला पौडेल, रमेश न्यौपाने, रुद्रप्रसाद अधिकारी, शैलेशकुमार झा, तारादत्त भट्टको सरुवा गरेको छ ।

प्रेमकुमार सिंह, जक्की अहमद अन्सारी, विपिन राजभण्डारी, दीपककुमार दास, चक्रबहादुर बुढा, डा.प्रवीन श्रेष्ठ, वीरेन्द्रदेव भारती, नरेन्द्रकुमार रानाको पनि सरकारले सरुवा गरेको छ ।

रेखा दास, संगीता ओझा, रमेश शर्मा पौडेल, विष्णुप्रसाद पौडेल, लक्ष्मीप्रसाद निरौला, रामकृष्ण लामिछाने, इन्दु घिमिरे, गजेन्द्रकुमार ठाकुर, नेत्रप्रसाद सुवेदी, बाबुराम गौतम, प्रकाश दाहालको पनि सरुवा भएको सूचनामा उल्लेख छ ।

४ उपसचिवको पनि सरुवा

यसैबीच, संघीय मन्त्रालयमा कार्यरत चार जना उपसचिवहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युवा, भूमि, सञ्चार र महिला मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयमा दरबन्दी रही महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत ममता बास्तोलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मोहन निरौलालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विजय भुर्तेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव चिरञ्जीवी भण्डारीको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।

Published : Saturday, 2024 April 27, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया