जोशी र ढकाल एआइजीमा बढुवा, उपाध्यक्षमा माझी र सदस्यमा मानन्धर मनोनयन

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले जोशी र ढकाललाई एआईजी पदमा बढुवा गरी पदस्थापना गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
एआइजी पदमा बढुवा जोश र ढकाल आइजीपी हुन पाउनेछैनन् । उनीहरू उमेर हदका कारण अनिर्वाय अवकासमा जानेछन् ।
यसैबीच, सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ ।
सरकारले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे प्रस्तुत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।
सरकारले समाजकल्याण परिषदको उपाध्यक्ष पदमा नन्दलाल माझी (सुनसरी)लाई मनोनयन गरेको छ ।
भाषा आयोगको सदस्यमा सुरेश मानन्धर (काठमाडौं)लाई नियुक्त गरिएको मन्त्री शर्माले बताइन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया