प्रधानमन्त्री दाहाल र उपाध्यक्ष डा.लामाबीच भेटवार्ता, बुद्ध जयन्तीको निम्तो प्रदान
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/05/Prachand-Larkal-Lama.jpg?resize=810%2C429)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले २५६८औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस–२०८१ को निम्तो दिएका छन् ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दाहालसँग भेट गरेर डा.लामाले बुद्ध जयन्तीको अवसरमा निमन्त्रणा दिएका हुन् ।
कोषले जेठ १० गते २५६८औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस–२०८१ मनाउन लागेको छ ।
बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन प्रधानमन्त्री दाहालसँग अनुरोधसहित निम्तो दिइएको उपाध्यक्ष डा.लामाले बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई बुद्ध जयन्त एवम् लुम्बिनी दिवसका अवसरमा सहभागिताका लागि निम्तो दिएका छौँ । उहाँले कार्यक्रममा सहभागी हुने आश्वासन दिनुभएको छ ।’
उपाध्यक्ष डा.लामाले २५६८औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस–२०८१ लाई विशेष रुपमा मनाउन लागेको जनाएका छन् । त्यसका लागि धमाधम तयारीहरू भइरहेका छन् । बौद्ध धर्मका गुरु, स्वदेशका साथै विदेशका प्रतिनिधिहरूको बुद्ध जयन्तीमा उपस्थिति रहनेछ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया