बृहत चम्पादेवी र मानेभञ्ज्यङ खानेपानी आयोजना सुचारु हुने

काठमाडौं । ओखलढुङ्गा जिल्लाको बृहत चम्पादेवी र मानेभञ्ज्यङ खानेपानी आयोजना सुचारु हुने भएको छ ।

शुक्रबार सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको कार्यकक्षमा खानेपानी आयोजना सञ्चालनका लागि सम्बन्धित मन्त्रालयका सचिव र कार्यालहरूका प्रमुखसहितको बैठकले आयोजना सञ्चालन गर्ने सहमति गरेको हो ।

छलफलमा मानेभञ्ज्यङ र चम्पादेवी गाउँपालिकाको खानेपानी आयोजनाको लागि खानेपनी मन्त्रालयका सचिव, खानेपनी तथा ढल व्यवस्थापन विभागका प्रमुख, मानेभञ्ज्यङ गाउँपालिका प्रमुख, नेपाली कांग्रेसका साचिवद्वय चम्पादेवी–१ का वडाध्यक्ष र खानेपनी डिभिजन कार्यलाय खोटाङको छलफलपछि ककनीफेदी दुम्सेखोला चाम्पादेवी खानेपनी आयोजनालाई सुचारु गर्ने र मानेभञ्ज्यङको जन्तरखानीको डिपीआरको शुरुवात गरी आगामी वर्षमा रकम व्यवस्थापन गर्ने गरी तयार पारिएको छ ।

खानेपानी आयोजनाले चम्पादेवी र मानेभञ्ज्यङका करीव ७ हजार घरधुरीलाई लाभ हुनेछ ।

Published : Friday, 2024 April 26, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया