गृहमन्त्री लामिछानेको आदेशमा आइजीपीद्वारा समय नपुग्दै २ एसपीको काज सरुवा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको आदेशमा नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरले सिरहा र इलामका प्रहरी प्रमुख (एसपी)हरूको काज सरुवा गरेका छन् ।

समय अवधि नसकिदै आइजीपी कुँवरले जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख (एसपी) वासुदेव खतिवडाको प्रहरी तालिम केन्द्र महाराजगञ्जमा काज सरुवा गरेका छन् । इलाममा एसपी प्रभु ढकालको काज सरुवा भएको छ ।

आइजीपी कुँवरले जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख (एसपी) सन्तोष आचार्यको पनि काज सरुवा गरेका छन् ।
एसपी आचार्यलाई काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा काज सुरुवा भएको छ । सिरहामा एसपी रमेश पण्डितलाई काज सरुवा गरिएको छ । फागुन १ गते सिराहामा एसपी आचार्यको सरुवा भएको थियो ।

इलाम र सिरहाका एसपीहरूको समय नसकिँदै सरुवा गर्नुको कारण खुलाइएको छैन । समय नसकिँदै प्रहरी कर्मचारीहरूको सरुवा हुँदा कारण खुलाउनुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ ।

यसअघि चैत २३ गते समय नपुग्दै ७ जिल्लाका एसपीहरू हटाइएका थिए । केही डीएसपी र ईन्स्पेक्टरहरूको पनि समय नपुग्दै आइजीपीले सरुवाको तयारी गरेका छन् ।

Published : Monday, 2024 May 6, 3:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया