कांग्रेस सह–महामन्त्री उपाध्यायसहितका नेताहरूद्वारा हजयात्रीलाई विदाइ

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, केन्द्रीय सदस्यद्वय लक्ष्मी खतिवडा र जुवेदा खातुनले हजयात्रीहरूलाई विदाइ गरेका छन् ।

कांग्रेस नेताहरूले शुक्रबार र शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजयात्रीहरूलाई बिदाइ गरेको कांग्रेसका नेता डा.अब्दुल कलाम अन्सारीले बताएका छन् । सह–महामन्त्री उपाध्यायले हजयात्रीहरूलाई धार्मिक यात्राको शुभकामना दिएकी छिन् । उपाध्यायले भनिन्, ‘मुस्लिम समुदायको पवित्र धार्मिकस्थल मक्कामदिनाको यात्रामा निस्कनुभएका हजयात्रीहरूलाई शुभकामना । नेपालमा शान्ति स्थापनाका लागि अनुरोध गर्दछु ।’

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले हजयात्रीहरूलाई शुभकामना दिँदै नेपाल सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्छ भन्ने सकारात्मक सन्देश हजयात्राले दिएको बताए ।

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पनि हजयात्रीहरूलाई शुभकामना दिँदै नेपालले मुस्लिम समुदायलाई पनि अधिकार दिएको बताएकी छिन् ।

नेपालबाट हरेक वर्ष नेपाल सरकारको पहल र सहयोगमा सयौँ हजयात्रीहरू मक्कामदिना जाने गर्छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ हुँदै आएको छ ।

Published : Saturday, 2024 May 18, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया