यी चार एसएसपीकाे डीआईजी बढुवामा सिफारिस, भावी आइजीपीकाे चर्चा

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएकाे छ ।

शुक्रबार बढुवा सिफारिस समितिले ४ जनाालाई बढुवामा सिफारिस गरेको हाे । बढुवा सिफारिसमा पर्नेहरूमा कृष्णहरि शर्मा पाेखरेल पहिलो नम्बरमा छन् शर्मा आईजीपी बसन्तबहादुर कुँवरका ब्याजी हुन् । शर्मा आईजीपी कुँवरसँगै ८/९ महिनापछि अबकासमा जानेछन् ।

दाेस्राे नम्बरमा दानबहादुर कार्की रहेका छन् । तेस्रो नम्बरमा मनाेजकुमार केसी छन् । चौथाे नम्बरमा राजन अधिकारी बढुवा सिफारिसमा परेका छन् ।

यी डीआईजीहरूबाटै आईजीपी बनाइनेछ । दाेस्राे नम्बरमा रहेका कार्की आइजीपी बन्नेछन् । शर्मा अवकासमा गएपछि छाेटाे समयलाई एआइजी दीपक थापा र सुदीप गिरीमध्य एकजना आइजीपी हुनेछन् ।

त्यसपछिकाे आइजीपी कार्की नै हुने सम्भावना छ । कार्की कुशल प्रहरी अधिकृत हुन् ।

Published : Friday, 2024 May 17, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया