सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेलाई बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेससहितका विपक्षी दलहरूले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।

आइतबार नयाँबानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने निर्णय भएको जानकारी दिए ।

गृहमन्त्री लामिछानेले बोलेपछि विपक्षीको तर्फबाट नेपाली कांग्रेसले सभामुखसँग बोल्न समय माग्ने लेखकले बताएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष बुद्धिमान तामाङलगायतका नेताहरू सहभागी थिए ।

आइतबार प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेबारे अनुसन्धान गर्न संसदीय छानविन समिति बन्ने भएपछि कांग्रेस सहितका दलहरूले लामिछानेलाई संसदमा बोल्न दिन लागेका हुन् ।

Published : Sunday, 2024 May 19, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया