तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, १७ यात्रु घाइते

घोराही । दाङबाट काठमाडौंतर्फ जाँदै गरेका यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार साँझ सवा ६ बजे बाग्मती प्रदेश३–०१–००६ ख. ०९७५ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बेलझुण्डीको झिङ्गै चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तुलसीपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा खचाखच यात्रुले भरिएका थिए । अर्को सवारी साधनलाई उछिन्ने क्रममा दुर्घटना भएको घाइतेहरूले बताएका छन् । घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बसका चालक तुलसीपुर उप–महानगरपालिका वडा नं. ९ बेलुवा बस्ने वर्ष ३३ को गणेश बस्नेतलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
घाइतेहरूमा तुलसीपुर– ८ बस्ने वर्ष १८ कि अञ्जली केसी, तुलसीपुर– १७ बस्ने वर्ष ४० का महेन्द्र बस्नेत, तुलसीपुर– १९ बस्ने वर्ष २८ का भीमकान्त महरा, तुलसीपुर– ८ बस्ने वर्ष २४ का बिञ्जन केसी र वर्ष ४६ का देवबहादुर केसी घाइते भएका छन् ।

तुलसीपुर– ७ बस्ने वर्ष ३७ की भीमकुमारी बिक, तुलसीपुर– ५ बस्ने वर्ष ३७ की सबिना बुढा, तुलसीपुर– २ बस्ने वर्ष १८ की ममता नेपाली, तुलसीपुर– २ बस्ने वर्ष १८ की समीक्षा शर्मा पनि घाइते भएका छन् ।

रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ बस्ने वर्ष २२ का यामलाल वली, रोल्पाको माडी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २० का दलबहादुर बिक, सल्यानको बागचौर नगरपालिका वडा नं. ५ बस्ने वर्ष १९ को मोहन केसी, बागचौर– ५ बस्ने वर्ष २४ का भरत डाँगी, बागचौर– ३ बस्ने वर्ष २९ की सुशील ढकाल, सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २८ का रमेश केसी, छज्ञेश्वरी– १ बस्ने वर्ष ३० का गणेश चन्द र तुलसीपुर – १५ बस्ने वर्ष २० की दीपु बस्याल पनि घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2024 May 17, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया