प्रहरीको १०८ र १११औँ टोलीबाट डीआइजी बढुवा सिफारिस, ११८औँको राअ टोलीले पालो कुर्नुपर्ने

काठमाडौं । गृह मन्त्रालय बढुवा सिफारिस समितिले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार समितिले १०८औँ टोली र १११औँ टोली (ब्याच)बाट बढुवा सिफािरस गरेको छ ।

बढुवा सिफारिसमा पर्नेहरूमा एसएसपी कृष्णहरि शर्मा पोखरेल पहिलो नम्बरमा छन् । शर्मा आईजीपी बसन्तबहादुर कुँवरको ब्याचका हुन् । शर्माको ब्याच १०८औँमा पर्छ । शर्मा आईजीपी कुँवरसँगै ८/९ महिनापछि अवकासमा जानेछन् ।

१११औँ ब्याचबाट दोस्रो नम्बरमा एसएसपी दानबहादुर कार्की, तेस्रो नम्बरमा मनोजकुमार केसी र चौथो नम्बरमा राजन अधिकारी बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिसमा परेका यी ४ डीआईजीहरूमध्ये ३ जनाबाट भावी आईजीपी हुनेछन् ।

पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका पोखरेल आइजीपी कुँवरसँग अवकासमा जानेछन् । त्यसपछि दोस्रो नम्बरमा रहेका कार्की, तेस्रो नम्बरका केसी र चौथो नम्बरका अधिकारीमध्येबाट भावी आइजीपी बन्नेछन् ।

आइजीपी कुँवर करीव ८÷९ महिनापछि अवकासमा गएपछि केही समय एआइजीद्वय दीपक थापा र सुदीप गिरीमध्य एकजना आइजीपी हुनेछन् । एआइजीद्वय थापा र गिरी ११०औँ ब्याचका हुन् ।

त्यसपछिको भावी आइजीपीका रुपमा १११औँ ब्याचबाट डीआइजी बढुवा सिफारिसमा दोस्रो नम्बरमा परेका कार्की दाबेदार हुन् । प्रहरीभित्र कार्की कुशल प्रहरी अधिकृत हुन् ।

एसएसपीबाट डीआइजी बढुवामा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटेको भनिएको छ । त्यो टोली ११९औं ब्याचमा पर्छ । पालो नै नआएपछि गृह मन्त्रालले उनीहरूलाई बढुवा सिफारिस गरेको छैन । पालो आएपछि राष्ट्रिय अनुसन्धान विभाग (राअवि) बाट नेपाल प्रहरीमा आएकाहरूको बढुवा सिफारिस हुनेछ ।

१०८औँ ब्याच अर्थात् टोलीमा हालका आइजीपी कुँवर पर्छन् । प्राविधिक एआइजीहरूको टोली १०९औँमा पर्छ । ११०औँ टोलीमा एआइजीद्वय दीपक थापा, सुदीपक गिरी लगायत पर्छन् । १११औँ टोलीमा डीआइजी बढुवा सिफारिसमा परेका दानबहादुर कार्कीलगायत पर्छन् । एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई लगायतको टोली ११२औँमा पर्छ । ११४औँ टोलीमा एसपीहरू रमेश थापा, दयानिधि ज्ञवाली, होविन्द्र बोगटीहरू पर्छन् । ११८औँ ब्याचमा पर्छन् ।

Published : Saturday, 2024 May 18, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया