सर्वोच्च अदालतले आफ्नो कदम सच्याउँछ भन्ने विश्वास छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले सर्वोच्च अदालतबाट जारी आदेशले संविधानमा उल्लेख भएको पूर्णप्रेस स्वतन्त्रता कुण्ठित गर्न लागेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपाली पत्रकारहरूलाई राज्यका तीन वटै अंगले प्रेस स्वतन्त्रता खोस्न सक्रिय भएको आरोप लगाए । उनले भने, ‘सरकार र व्यवस्थापिकाले हामीलाई झस्काउँदाअदालत छभन्ने हुन्थ्यो । तर, न्यायालयको पछिल्लो फैसलाले झस्काएको छ ।’

अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रताको रक्षाको लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताए । अदालतले आफ्नो कदम सच्याउनेमा आफूले विश्वास लिएको पोखरेलले बताए ।

एउटा यूट्युब र अनलाइनले स्टिङ अप्रेसनको नाममा अडियो सार्वजनिक गरेपछि त्यसलाई हटाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । यो आदेशलाई पत्रकार महासंघले संविधानले दिएको पूर्णप्रेस स्वतन्त्रता विपरितको भएको बताउँदै आएको छ ।

Published : Tuesday, 2024 May 7, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया