लामो समय राखेर खान मिल्ने खानेकुरा

काठमाडौं । भान्सामा प्रयोग हुने केही सामग्री र खानेकुराहरू लामो समयसम्म पनि बिग्रिदैनन् ।

केही खानेकुराहरूलाई चाहेको समयमा प्रयोग गर्न सकिन्छ । ती खानेकुराहरूमा शरीरलाई चाहिने आवश्यक तत्व रहन्छन् वा रहँदैनन् विज्ञहरूले केही भनेका छैनन् ।

भेनेगरको कुनै पनि प्रयोगको अन्तिम म्याद हुँदैन । यसलाई फ्रिजमा राखेर वर्षौंवर्षसम्म पनि प्रयोग गर्न सकिन्छ ।

सोया सस वर्षौंसम्म खराब हुँदैन । सोया ससलाई सीलबन्द गरेर जीवनभरका लागि पनि स्टोर गर्ने गरिन्छ । फ्रिजमा स्टोर गरेर ४–५ वर्ष पनि प्रयोग गर्न सकिन्छ ।

महलाई पनि लामो समय प्रयोग गर्न सकिन्छ । चिनी र नुनलाई पनि लामो सुरक्षित रुपमा राखेर समय प्रयोग गर्न सकिन्छ ।

दाललाई पनि चिसो ठाउँबाट बचाउने हो भने लामो समय प्रयोग गर्न सकिन्छ । सेतो चामललाई पनि लामो समयसम्म सजिलै प्रयोग गर्न सकिन्छ । दाल र चामललाई ओसिलो ठाउँबाट भने जोगाउनुपर्छ ।

मकैको पिठो अन्य पिठोको तुलनामा लामो समय बिग्रँदैन । मकैको पिठोलाई खुल्ला तथा ओसिसो प्रकारले राख्नु हुँदैन ।

Published : Wednesday, 2024 February 14, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया