धनियाँले सुगर, थाइराइड, महिनावारीलाई फाइदा

काठमाडौं । धनियाँको दानालाई सुकाएर पिसेर मसला बनाउने गरिन्छ । धनियाँ प्रयोग गर्दा खानाको स्वाद दोब्बर बनाउँछ ।

धनियाँको बीउ वा हरियो पातको प्रयोग दुवै स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छन् । धनियाँमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ‘ए’, भिटामिन ‘सी’, भिटामिन ‘के’ आदि जस्ता धेरै पोषक तत्वहरू पाइन्छन् ।

बिहान खाली पेटमा धनियाँको दानाको पानी पिउनु निकै फाइदाजनक मानिन्छ । थाइराइड रोगीका लागि धनियाँको पानी अमृत मानिन्छ । धनियाँको पानीलाई दैनिक खाली पेटमा पिउनाले थाइराइड नियन्त्रण गर्न मद्दत गर्छ ।

बिहान खाली पेटमा धनियाँको पानी पिउनाले पाचनसम्बन्धी समस्यामा सहयोग हुन्छ । धनियाँले एसिडिटीको समस्याबाट जोगाउँछ । धनियाँले जलन, ग्यास जस्ता समस्याहरू हुँदैन ।

धनियाँको पानी पिउँदा तौल पनि नियन्त्रणमा रहन्छ । यसमा पाइने उच्च फाइबरको कारणले पेट लामो समयसम्म भरिपूर्ण रहन्छ । भोक लाग्नबाट बचाउँछ र तौललाई पनि नियन्त्रणमा राख्छ ।

महिनावारीको समयमा दुखाइ र पेट दुखाइ कम गर्न धनियाँको पानी उत्तम विकल्प मानिन्छ । धेरै पोषक तत्व र एन्टिअक्सिडेन्टले भरिपूर्ण धनियाँको पानी दैनिक पिउनाले छालाको समस्याबाट मुक्ति मिल्छ । धनियाँले छालाको रङ्ग निखार्छ । बुढ्यौलीपनामा कमी हुन्छ ।

धनियाँको दानामा हाइपोग्लाइसेमिक गुण पाइन्छ । धनियाँले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । दैनिक धनियाँको पानी पिउनाले मधुमेहका बिरामीलाई फाइदा हुन्छ । धनियाँको दानामा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ । जसले सुन्निएको कम गर्न मद्दत गर्छ ।

Published : Saturday, 2024 March 9, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया