कागती धेरै खाँदा हुने बेइदाहरू

काठमाडौं । कागतीको नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा गर्छ । कागतीले सौन्दर्यमा सहयोग गर्छ ।

पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । कागतीलाई अत्यधिक सेवन गर्दा त्यसले शरीरलाई नकारात्मक असर पनि गर्न सक्छ । कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हानी पुर्‍याउन सक्छ ।

कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्दा पेटमा खराबी हुन सक्छ । कागतीमा एसिडको मात्रा धेरै हुन्छ । पेटले कागतीको एसिडलाई पचाउन सक्दैन । पेट दुख्ने, बान्ता हुने सम्भावना हुन्छ ।

कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । कागती पानी पिउन छभने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन ।

कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ । यसले गर्दा शरीरमा पानीको कमी हुन सक्छ । डिहाइड्रेसन हुनसक्छ ।

कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।

कागतीमा अक्सलेट पनि हुन्छ । कागती धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रूप लिन सक्छ ।

हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं । कागतीको धेरै प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ ।

Published : Tuesday, 2023 June 20, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया