घ्युकुमारीको जुसले के-के हुन्छ फाइदा ?

काठमाडौं । घ्युकुमारीको जुस नियमित पिउँदा शरीरमा इनर्जी बढ्छ । घ्युकुमारीको जुसमा कैयौँ पोषण तत्व, भिटामिन र मिनरल हुन्छन् ।

घ्युकुमारीले शरीरको सिस्टममा सुधार ल्याउने गर्छ । घ्युकुमारीले ऊर्जा पनि बढाउँछ । घ्युकुमारीको जुस पिउँदा शरीरको प्रतिरक्षा क्षमता बढ्छ । यसका लागि घ्युकुमारीकोे पात काटेर त्यसलाई खुर्किएर तीनदेखि चार चम्चा निकाली त्यसको जुस तयार पार्नुपर्छ ।

घ्युकुमारीमा भएको एन्टिइन्फ्लेमेटरीले पेटको रोगलाई हटाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा कब्जियतको समस्याबाट पनि बच्न सकिन्छ ।

घ्युकुमारीको जुसको सेवनले छालामा पनि निखार ल्याउने गर्छ । यसको नियमित सेवनले छालालाई लामो समयसम्म जीवित र चमकदार राख्ने गर्छ । घ्युकुमारीले छालाका विभिन्न समस्या, रिंकल्स, दाग, धब्बा, आँखाको कालो घेराजस्ता समस्या हटाउन भूमिका खेल्छ । यसले कपालमा पनि चमक ल्याउने गर्छ ।

शरीरमा भएका कैयौँ विषालु तत्वले शरीरमा नकारात्मक प्रभाव पार्छ । जसका लागि शरीरलाई डिटाक्सको जरुरी हुन्छ । घ्युकुमारीको जुसमा राम्रो डिटाक्सिफिकेसन गुण हुन्छ ।

Published : Friday, 2023 September 15, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया