के–के छन् कागतीका फाइदा ?

काठमाडौं । कागतीमा रोगसँग संक्रमणबिरुद्ध लड्न सक्ने गुण रहेको हुन्छ । कागतीले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ । रगतलाई संक्रमण हुनबाट पनि जोगाउन सहयोग गर्छ ।

कागतीमा एन्टी–अक्सिडेन्ट भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय बनाएर स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोग लाग्ने खतराबाट पनि बचाउन सहयोग गर्छ ।

कागतीको नियमित सेवनले ब्ल्डप्रेसर घटाउने, पाचन शक्ति बढाउने, राम्रो कोलेस्टेरोल बढाउने, भोक जगाउने र शरीरमा स्फूर्ति बढाउने चिकित्सकहरूले जनाएका छन् । कागतीमा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ ।

दालमा कागतीको रस मिसाएर खाँदा त्यसले शरीरलाई लौहतत्वको शोषण गर्न मद्दत गर्छ । कागती खाने घरमा मानिस अन्यको तुलनामा कम बिरामी हुन्छन् ।

कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ । हट लेमनले पाचनप्रक्रियालाई सहज र कलेजो सफा पार्छ ।

कागतीको रसले टाउको मालिस गर्दा टाउको दुखेको निको हुन्छ । कपालमा चाया परेको छभने कागतीको रसले मालिस गर्दा चाया कम हुन्छ ।

वाकवाकी लागेको समयमा कागतीको टुक्रा काटेर चाट्नाले वाकवाकी कम हुन्छ । उच्च रक्तचाप भएका बिरामीले एक चम्चा कागती एक कप पानीमा मिसाएर खाने गर्नाले राम्रो हुन्छ ।

घाँटी दुख्दा वा रुघा लाग्दा उमालेको पानीमा कागती र मह मिसाएर पिउनाले बिमार निको हुन्छ । कागतीको रस पानीमा हालेर कुल्ला गर्नाले मुख गन्हाउने समस्या हट्छ । मुखको घाउ र दाँतबाट रगत आउने निको हुन्छ ।

पसिना गन्हाउने समस्या भएकाहरूले पानीमा दुई चम्चा कागतीको रस राखेर नुहाउने तथा नुहाइ सकेपछि कागतीको बोक्रा काखी र खुट्टामा दल्ने गर्दा समस्या कम हुन्छ ।

जुम्रा पर्दा पनि कागतीको प्रयोग गर्न सकिन्छ । दुई चम्चा जति कागतीको रस र एक–दुई चम्चा लसुनको लेदो बनाएर तीन–चार घण्टासम्म टाउकामा यसको लेदोले मसाज गर्दा जुम्रा मर्छ ।

Published : Wednesday, 2023 May 17, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया