एआइजी थापाद्वारा विद्यालयहरूमा जनचेतनामूलक पाठ्य सामग्री हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले जनचेतनामूलक पाठ्य सामग्री हस्तान्तरण गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एआइजी थापाले जनचेतनामुलक पाठ्य सामाग्री– २०८१ हस्तान्तरण गरेका हुन् । प्रहरी र जनप्रतिनिधिबीच सम्झौता पनि भएको छ ।

विद्यालयस्तरका बाल–बालिकालाई लागूऔषध दुर्व्यसनी, साईवर अपराध, विद्यालयस्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवं विद्यालयमा शिक्षक वर्गमार्फत विद्यार्थी, अभिभावकहरूलाई सचेतना अभिवृद्दि गरि अपराध न्यूनीकरण, नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ जनचेतनामूलक पाठ्य सामाग्री तयार गरी हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र गोकर्णेश्वर नगरपालिकाको साझेदारीमा गोकर्णेश्वर नगरपालिकाभित्रका सम्पूर्ण सार्वजानिक निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यपकहरूसंग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालको अध्यक्षता तथा एआइजी थापाको प्रमुख आतिथ्यतामा १५० जना विद्यालयका प्रधानाध्यापक, शिक्षकहरूको उपस्थितमा कार्यक्रम सम्मन्न भएको छ ।

मुख्य रुपमा जनचेतनामूलक पाठ्य सामग्रीलाई पालिकास्तरको पाठयक्रममा समावेश गरी पालिकाका सबै किसिमका विद्यालयमा अनिवार्य रुपमा पठन पाठन गरी सामाजिक विकृति विसंगति नियन्त्रण गरी प्रहरी समुदाय साझेदारितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उदेश्य रहेको एआइजी थापाले बताएका छन् ।

प्रहरी–समुदाय–स्थानीय तह–विद्यालय र सामाजिक संस्थाहरूबीच साझेदारिता निर्माण गरि सामुदायिक सुरक्षालाई संस्थागत गर्नु रहेको थापाले बताएका छन् ।

एआइजी थापाले भने, ‘अपराध रहित, सुरक्षित, सभ्य र सु–संस्कृत समाजको निर्माणका लागि जघन्य अपराध, लागुऔषध दुर्व्यसन, महिला बालबालिका विरुद्दका अपराध र हिंसा, वढदो विधुतीय अपराध, घरेलु हिंसा, ट्राफिक सचेतना तथा सामाजिक विक्रृति विसंगतिबिरुद्द सामाजिक सचेतना जगाउनु सामुदायिक सुरक्षालाई संगठित र दिगो रुपमा प्रवर्धन गर्नुछ ।’

समाजका सम्वेदनशील वर्गका रुपमा रहेका वालवालिकाहरूमा सुरक्षा सचेतना बढाई अपराधको जोखिमबाट बचाउनु र भविष्यका कर्णधार बालबालिकाहरूलाई राष्ट्र र समाजप्रति जिम्मेबार नागरिकका रुपमा विकास गर्नु रहेको प्रहरीले जनाएको छ ।

सामुदायिक सुरक्षाका अन्य विषयहरुमा एकीकृत स्वयंसेवक परिचालन र व्यापक जनसहभागिताको लागि सामाजिक संघ संस्थाहरूबीचमा वृहत संजाल र साझेदारिता निर्माण गरि सोको माध्यमबाट विद्यालयस्तरमा गई जनचेतना अभिवृद्दि गर्नु रहेको एआइजी थापाले बताए ।

बालबालिकाहरूमा सुरक्षा सचेतना बढाई शान्ति सुरक्षा र व्यवस्थालाई सुदृढीकरण गर्नु, स्थानीय तहमा सुरक्षाको प्रभावकारी समन्वयका लागि प्रहरी कार्यलाई समुदायस्तरमा विस्तार गर्नु प्रमुख उदेश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2024 April 26, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया