सिन्धुपाल्चोक घर भएका तस्करका नाइके काठमाडौं पक्राउ

काठमाडौं । डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।

उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ भनेर ठगी गर्ने गिरोहका नाइके रामबहादुर तामाङलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले विज्ञप्तिमार्फत जनाएको छ । उनीसँग पक्राउ पर्नेमा सिन्धुपाल्चोकका बीबी तामाङ र रौतहटका शंकर रेग्मी पनि रहेका छन् ।

तामाङको समूहले ‘हामी मिलाई दिन्छौ’ भनि प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली नगद रूपियाँ ठगी गर्ने कार्यमा संलग्न रहेको थियो ।

तामाङ मुख्य योजनाकारको रुपमा रहेका छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं. ५ गाती घर भएका तामाङ विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले शनिबार साँझको समयमा गोकर्णेश्वर नगरपालिका वडा नं. ४ तालिन्चोकबाट ने.रू. ७१ ह्जार, अमेरीकी डलर ६०७ सहित पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Published : Monday, 2024 February 26, 7:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया