उपनिर्वाचनपछि दुर्गा प्रसाइँलाई पक्राउ गर्ने ओली, प्रचण्ड र गृहमन्त्रीबीच सहमति

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई उपनिर्वाचनपछि पक्राउ गर्ने तयारी गरेको छ ।
सोमबार राति पत्रकार ऋषि धमलासँगको ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन अन्तर्वार्तामा प्रसाइँले उपनिर्वाचनपछि आफूलाई पक्राउ गर्न एमालेका अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच सहमति बनेको बताए ।
उनले भने, ‘यो चुनाव पछाडि मलाई पक्राउ गर्ने भन्दै छन् । यो केपी ओली, प्रचण्ड र गृहमन्त्री बसेर इलाममा बसेर दुर्गा प्रसाइँले धेरै गर्यो ।’
‘अब साँच्चिकै नछोड्ने भयो यसले भनेर यिनीहरू सल्लाह गरेर दुर्गा प्रसाइँलाई थुन्नुपर्छ भनेर कुरा गरेका छन्’, व्यवसायी प्रसाइँले भने ।
‘तर, एउटा कुरा के बुझ्न प¥यो भने उनीहरूले अब सबै दुर्गा प्रसाइँ भइसकेका छन् । तपाई पनि दुर्गा प्रसाइँ, उहाँ पनि दुर्गा प्रसाइँ सबै दुर्गा प्रसाइँ भइसकेका छन् । कति जानको मुख थुन्ने ?’, उनले भने ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया