कांग्रेसले शान्ति ल्याइदियो, जनताले समृद्धि र जवाफदेहिता पनि खाेजे : सभापति बानियाँ

चरीकोट । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले जनतालाई जवाफदेहिता र समृद्धि चाहिएको बताएका छन् ।

शुक्रबार दोलखाको चरीकोटमा नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले जनतालाई कांग्रेसले शान्ति ल्याइदिए पनि अब जनताले समृद्धि पनि खोजेको बताए ।

उनले भने, ‘जनतामा शान्तिले मात्रै पुगेन । जनतामा निराशा । जुनसुकै तहको जनप्रतिनिधिसँग सबैसँग जनतालाई निराशा छ ।’

‘हिजो शान्ति मात्रै चाहिएको थियो । कांग्रेसले शान्ति स्थापना ग¥यो । सबैलाई मिलाएर शान्ति बनायो’, सभापति बानियाँले भने ।

‘अहिले जनतालाई शान्तिले पुगेन । अब जनतालाई समृद्धि चाहियो । सुशासन चाहियो । जवाफदेहिता चहियो’ उनले भने ।

‘अहिले यी कुरा कमजोर भइरहेको जनताको बुझाइ छ’, सभापति बानियाँले भने ।

प्रशिक्षणको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् । प्रशिक्षणमा बागमती प्रदेशका सबै जिल्लाका केन्द्रीय सदस्य र सभापतिहरू, प्रतिनिधि सभा, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको छ ।

Published : Friday, 2024 May 3, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया