कुमाखमा मान्छेलाई कुटेर हत्या गर्ने ११ जनाको समूह पक्राउ

घोराही । कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सल्यानले ११ जना आरोपीलाई पक्राउ गरेको छ ।

सल्यान जिल्लाको कुमाख गाउँपालिका–६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुमाख गाउँपालिका–५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कुमाख नगरपालिका–५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समूहले बिकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।

वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । घाइते १ जनाको नर्सिङ होममा उपचार भइरहेको छ ।

Published : Thursday, 2024 April 25, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया