पाँचदेखि ८ हजारमा किशोरी मिलाउने कान्छीमाया र लोकेन्द्र पक्राउ

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले काठमाडौंबाट ३७ वर्षीया कान्छीमाया घिसिङ र २९ वर्षीय लोकेन्द्र बडुलाई पक्राउ गरेको छ ।

नाबालिका÷किशोरीलाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले कान्छीमाया र लोकेन्द्रलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

दार्चुला घर भई काठमाडौंको टोखा नगरपालिका–९ दीपज्योति मार्गमा बस्दै आएका लोकेन्द्र र सर्लाही घर भई सोही ठाउँमा बस्ने कान्छीमाया घिसिङले खाजाघर सञ्चालन गरेर नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोप छ ।

कान्छीमाया र लोरेन्द्रले टोखामा सुर्खेत खाजाघर सञ्चालन गर्दै आएका थिए ।

नाबालिकाहरूलाई सुरूमा उनीहरूले वेटरको काम लगाउने भन्दै जागिरमा लगाएर यौन व्यवसायमा लगाउने गरेको प्रहरीको अभियोग छ ।

सञ्चालकले ग्राहकबाट ५ हजार देखि ८ हजारसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

यौन व्यवसायमा लगाएको भन्ने सूचना पाएपछि ब्युरोको टोली मंगलबार उक्त ठाउँमा पुगेको थियो । खाजा घरमा एकजना नाबालिका फेला परेकी थिइन् ।

ती नाबालिकालाई गत वर्ष कात्तिक महिनादेखि काममा लगाउने भन्दै जबरजस्ती यौन व्यवसायमा लगाएको खुलेको प्रहरी भनाइ छ ।

Published : Friday, 2024 May 3, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया