स्याङजामा दाङको राप्ती ३ का नीमबहादुरद्वारा दाङकै आयुषको हत्या
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/04/Hatya-Murder.jpg?resize=810%2C410)
पुतलीबजार । स्याङजा जिल्लामा दाङ घर भएका २० वर्षीय आयुष चौधरीको हत्या भएको छ ।
वालिङ नगरपालिका–१३ बायाँटारी डेरा गरी बस्ने दाङ जिल्ला घर भएका आयुस चौधरीको हत्या गरेको अभियोगमा दाङकै राप्ती गाउँपालिका–३ घर भइ वालिङ नगरपालिका–१३ बायाँटारी बस्ने ३५ वर्षीय नीमबहादुर घर्ती मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नीमबहादुर घर्ती मगरले धारिलो हतियार चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका आयुष चौधरीको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको थियो ।
हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुमपोखरा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले नीमबहादुर घर्ती मगरलाई पक्राउ गरेको छ ।
उता, ईलाममा आफ्नै सौतेनी आमा ३१ वर्षीया नेत्रमाया खवासको हत्या गरेको अभियोगमा माई नगरपालिका–२ दीपुडाँडा बस्ने २१ वर्षीय सन्देश दियालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
सन्देशले मादक पदार्थ सेवन गरेर घरायसी विवादमा बाम्पफोक प्रहार गर्दा नेत्रमायाको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया