अबैध सन्तानपछि आमाको हत्या काण्डमा प्यूठानमा १७ वर्षपछि ५ जना महिला पक्राउ

बिजुवार । प्यूठान जिल्लामा कर्तव्य ज्यान मुद्दाका पाँच जना महिला प्रतिवादीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका–४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमीकुमारीदेवी सारू, ७५ वर्षीया दिलिसरादेवी सोमै, ४० वर्षीया सीतादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली रहेका छन् ।

सरूमारानी गाउँपालिका–४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले अवैध सम्बन्धबाट छोरा जन्माएको विषयमा २०६३ असोज ९ गते हुमीकुमारीदेवी सारू, दिलिसरादेवी सोमै र हिमीकुमारी राना समेतले कुटपिट गर्दा गम्भीर घाइते भएकी हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अभियुक्तमध्ये हिमीकुमारी रानाको मृत्यु भइसकेको समेत खुल्न आएको छ । उनीहरूलाई फैसला कार्यान्वयको लागि जिल्ला अदालत प्यूठानमा पेश गरिएको छ ।

Published : Saturday, 2024 April 27, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया