प्रचण्डकै अगाडि ओलीद्वारा देउवालाई भव्य सम्बोधनसहित स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एमालेको कार्यक्रममा सहभागी भएका छन् ।

सोमबार ललितपुरको गोदावरीमा एमालेले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सभापति देउवाले सम्बोधन समेत गरेका छन् । देउवाले सहमति र सहकार्यको राजनीतिका लागि आग्रह गरेका छन् ।

सभापति देउवालाई एमालेका अध्यक्ष केपी ओलीले कार्यक्रमस्थलमा भव्य स्वागत गरेका छन् । कार्यक्रममा पनि ओलीले देउवालाई निकै आदरका साथ सम्मान गरेका छन् । ओलीले व्याङ्ग्य गर्दै देउवालाई सम्मान गरेका थिए ।

एमालेका अध्यक्ष ओलीले भने, ‘मेरा अत्यन्तै पुराना मित्र । घरीघरी अलिकति जोस्सिनु हुन्छ र मात्रै हो । नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष दलका नेता माननीय शेरबहादुर देउवाज्यू ।’

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू पनि सहभागी थिए । अन्य नेताहरूलाई ओलीले धेरै सम्बोधन गरेनन् । तर, देउवालाई ओलीले निकै आदरका साथ सम्बोधन गरेका थिए ।

राजनीतिक संस्कारअनुसार सभापति देउवा एमालेको निम्तो स्वीकार गर्दै एमालेको कार्यक्रममा सहभागी भएका छन् । देउवाको राजनीतिक संस्कारबाट एमाले खुसी भएको छ ।

Published : Monday, 2024 April 22, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया