सरकारको सफलता र असफलतामा कर्मचारीको ठूलो हात हुन्छ : देउवा

काठमाडौंं । नेपाली कांग्रेसका शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंमा पूर्वकर्मचारी समाज नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले लोकतन्त्र प्राप्तिका लागि भएकादेखि हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘हरेक राजनीतिक परिवर्तन र उपलब्धिमा तपाईंहरूको भूमिका छ ।’

‘अबको निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत दिलाउन आजै अभियान थाल्नुस्’, उनले भने ।

सरकार परिवर्तन भइरहे पनि कर्मचारीतन्त्र स्थायी हुने उनले बताएका छन् ।

‘जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई छ’, देउवाले भने, ‘सरकारको सफलता र असफलतामा कर्मचारीको ठूलो हात हुन्छ ।’

उनले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

Published : Friday, 2024 April 26, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया