फेल भइन् एमाले नेतृ शान्ता

काठमाडौं । नेकपा (एमाले)की केन्द्रीय सदस्य एवम् पूर्वसांसद शान्ता चौधरी स्नातक प्रथम वर्षको परीक्षामा अनुत्तीर्ण भएकी छिन् ।

नेतृ चौधरी अङ्ग्रेजी र ग्रामीण विकास विषयमा अनुत्तीर्ण भएकी हुन् । उनले पहलो पटक स्नातक प्रथम वर्षको नतिजामा दुई वटा विषयमा अनुत्तीर्ण भएको जनाएकी छिन् ।

स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक भएको छ । नतिजामा अनुत्तीर्ण भएपनि चौधरीले पुनः अध्ययन गरेर उत्तीर्ण हुने बताएकी छिन् ।

दाङ क्षेत्र नं. १ मा प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बनेकी चौधरी भारी मतको अन्तरबाट पराजित भएकी थिइन् ।

चौधरीलाई नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मेटमणि चौधरीले हराइदिएका थिए ।

Published : Friday, 2024 April 26, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया