मङ्गलवार, असार ३०, २०८३
Monday, July 13th, 2026

एमाले निकट बिचौलियामाथि अनुसन्धान गर्न माग, कांग्रेस सांसदद्वारा आरोपहरूको खण्डन

८ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले रितेश शर्मामाथि भएको घटना प्रकरणमा आफूलाई लगाइएको आरोप झूठ्ठा रहेको भन्दै खण्डन गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर कांग्रेस संसदीय दलका उपनेता समेत रहेका शाहले कृष्णानगर नगरपालिका वडा नं. २ मा रितेश शर्मामाथि केही युवाहरूद्वारा कुटपिट भएको घटनामा आफूलाई जोडिएको विषयको खण्डन गरेका हुन् । एमालेका कार्यकर्ता समेत रहेका बिचौलिया रितेशले कांग्रेसका सांसद शाहले कुटपिट गरेको भनेर...

कांग्रेस सभापति थापा र मन्त्री राणाबीच भेटवार्ता, बृहत एकता गरेर जाने विषयमा सहमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाबीच भेटवार्ता भएको छ । सोमबार काठमाडौंको नगपोखरी, नक्सालमा सभापति...

झण्डै दुईतिहाइको सरकारविरुद्ध आक्रोश बढेपछि प्रधानमन्त्री शाहद्वारा सभापति लामिछानेसँग भेट

काठमाडौं । झण्डै दुईतिहाइको सरकारविरुद्ध जनताको आक्रोश बृद्धि भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भेट गरेका छन् ।...

कांग्रेस हाइज्याक गरेर गगनले तहस नहस बनाएका बेला कोइराला निवासमा २ नेताबीच भेट

काठमाडौं । भृकुटीमण्डपको भेला अर्थात् कथित विशेष महाधिवेशनबाट गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर तहस नसह बनाएका बेला नेताद्वय डा.शेखर कोइराला र डा.प्रकाशशरण महतबीच भेटवार्ता...
समाचार

एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री पौडेललाई हिरासतमा राख्न ३ दिन म्याद थप

८ घन्टा अगाड
काठमाडौं । विशेष अदालत, काठमाडौंले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवम् एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार विशेष अदालतले आरोपी पौडेलमाथि अनुसन्धानका लागि पाँचौं पटक म्याद थपेको हो । न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश उमेश कोइरालाको इजलासले अनुसन्धान प्रयोजनका...

नारायणघाट–मुग्लिङ सडकखण्ड अबरुद्ध, तुइन खोलामा पहिरो

भरतपुर । निरन्तर भइरहेको वर्षाको कारणले गर्दा नारायणघाट–मुग्लिङ सडक खण्डमा सवारी आवागमन रोकिएको छ । सोमबार राति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै केही...

काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी निर्देशिका बनाउने

काठमाडौं । प्रेस काउन्सिल नेपालका हालै मनोनीत अध्यक्ष उमेश श्रेष्ठले कार्यभार सम्हालेका छन् । सोमबार प्रेस काउन्सिलको कार्यालय, सिनामंगलमा श्रेष्ठले शपथ लिनुका साथै...

डाँका मुद्दामा जेल बसेर छुटेका श्रेष्ठको भरतपुरमा शंकास्पद गतिविधि, नागरिकतामा पनि आशंका

भरतपुर । डाँकाचोरी मुद्दामा कैद सजाय भुक्तान गरी जेलबाट छुटेका सुरेश श्रेष्ठले आफूलाई सुधार गरेर जानुको साटो चितवनमा सत्तापक्षका नेता र हाइलेबलका व्यक्तिहरूसँग...

गणेशका परिवारजनलाई कांग्रेस नेता बस्नेतद्वारा १ लाख हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाहबाट निधन भएका मुगुका गणेश नेपालीको आफन्तलाई एक लाख रुपियाँ हस्तान्तरण गरेका छन् ।...

पूर्व माओवादी लडाकु कमाण्डर चौधरी २ करोड ५० लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौं । प्रहरीले ठगीको अभियोगमा ४६ वर्षीय लहानुराम चौधरीलाई पक्राउ गरेको छ । क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख रुपियाँ...

किसानलाई माछाका भुरा वितरण गर्ने बजेटमा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सुकेश्वर झासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...
अपराध

पोखरामा ५ भारतीय लागुऔषधसहित पक्राउ, सुनसरीमा २ जना गिरफ्तार

१७ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले लागुऔषधसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको पोखरा कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ३२ मजुवाबाट आइतबार ५ भारतीयलाई पक्राउ गरेको ब्यूरोका एसपी दुर्गाराज रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सरदार...
कला

दिलको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक

काठमाडौं । नायक दिल श्रेष्ठको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । शनिबार ‘माया भनेकै यस्तो होला’ चलचित्रको पोस्टर सार्वजनिक भएको हो । लामो समयपछि दिल श्रेष्ठ चलचित्रको अभिनयमा फर्किएका हुन् । नयाँ पोस्टरमा नायक...
खेलकुद

एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन

जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन्...

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति शीर्ष स्थानमा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश...

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...
अर्थ

बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

१ हप्ता अगाड
हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ । शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले पारित गरेको हो । सभामुखले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलाई प्रदेश आर्थिक विधेयक २०८३...

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

५ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...