राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।
सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले राज्यमन्त्रीको गाडीलाई जरिवाना तिराएको बताएका छन् । पहिलो पटकलाई निषेधित समयमा गाडी प्रयोग गरेको कसूरमा पाँच सय रुपियाँ जरिवाना तिराइएको छ ।
सार्वजनिक बिदामा मन्त्रीसमेत सवार नभएको अवस्थामा चालकले गाडी चलाएको पाइएको थियो ।
Published : Monday, 2026 September 14, 10:09 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया