गगनका ससुराहरू महाधिवेशन प्रतिनिधिमा पराजित हुने पक्का भएपछि केन्द्रबाटै हस्तक्षेप गरि मतगणना रोकिदिए

काठमाडौं । भृकुटीमण्डपमा तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगनकुमार थापाका दुई जना ससुरा नेताहरू महाधिवेशन प्रतिनिधिमा पराजित हुने भएपछि केन्द्रबाटै हस्तक्षेप गरेर मतगणना प्रक्रिया रोकिएको छ ।

आइतबार नुवाकोट क्षेत्र नं. २ (२)मा ६ सय ९५ मत गणना भइसकेपछि केन्द्रीय निर्वाचन समिति, सानेपाका सदस्य सचिव राजु कटुवालले नुवाकोटमा जिल्ला निर्वाचन अधिकृत रत्नसुन्दर खुजुलाई पत्र पठाएर मतगणना रोक्न निर्देशन दिएका हुन् । कुटवालले मतगणना सम्बन्धी उजुरी परेपछि मतपत्र र मतपेटिकालाई शिलवन्दी गरि सुरक्षित साथ राख्न निर्देशन दिएका छन् ।

पत्रमा मतदान प्रक्रियाका क्रममा विभिन्न मतदान केन्द्रका मतदान अधिकृतहरूको हस्ताक्षर फरक–फरक रहेको र मतपेटिकाको सिल फुटेको जस्ता गम्भीर अनियमितताहरू फेला परेको उल्लेख छ ।

गगन थापाका ससुरा अर्जुन नरसिंह केसी र काका ससुरा जगदीश्वर नरसिंह केसी पराजित हुने अवस्थामा छन् । १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने कांग्रेसको व्यवस्था रहेको छ ।

गगनका ससुराद्वय अर्जुननरसिंह केसी १२ नम्बर र जगदीश्वरनरसिंह केसी १३ नम्बरमा छन् । अर्जुननरसिंह केसीले १६२ मत पाएका छन् भने जगदीश्वरनरसिंह केसीले २६६ मत पाएका छन् ।

गगन कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामा ५ सय ६१ मतसहित सबैभन्दा माथि पहिलो स्थानमा छन् । दोस्रो नम्बरमा जगत तामाङ र तेस्रो नम्बरमा फैसिंह तामाङ रहेका छन् ।

गगन थापाका सहयोगी सविन मुडवरी पनि ९ नम्बरमा छन् । उनको अवस्थामा पनि कमजोर छ । सविन मुडवरीले २ सय ९४ मतसहित ९ नम्बरमा स्थान पाएका छन् ।

Published : Sunday, 2026 October 4, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया