प्रा.डा.कोइरालाद्वारा रुपन्देही कांग्रेसको अधिवेशन उद्घाटन, सहमतिबाट नेतृत्व चयन हुने

भैरहवा । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले रुपन्देही जिल्ला अधिवेशन उद्घाटन गरेका छन् ।

नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन अन्तर्गत आइतबार भैरहवामा प्रा.डा.कोइरालाले जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशनमा नेताहरु उमाकान्त चौधरी, एनपी साउद, जीतजंग बस्नेत, रंगमती शाही, शिव हुमागाईं, केदार कार्की, भुपेन्द्र राई, गोमा केसी लगायतका शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

अधिवेशनले रुपन्देही कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ । रुपन्देहीका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नेतृत्व सर्वसहमतिमा निर्वाचित गर्न सुझाव दिएका छन् ।

Published : Sunday, 2026 November 22, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया