धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट
काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ ।
शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास बैंकका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको छ ।
माथिल्लो भागमा चार स्थानमा अस्थायी ड्रेन निर्माण गरी वर्षातको पानी डाइभर्ट गर्ने, भासिएको भागको ओभरबर्डेन हटाउने तथा एहतियातका रूपमा जलाशयको पानी ४०० लिटर प्रतिसेकेण्डका दरले २४सैँ घण्टा निकासी गर्ने काम भइरहेको छ ।
हाल तल्लो तटीय क्षेत्रमा उल्लेख्य जोखिम देखिएको छैन । भू–भाग स्थिर भएपछि ग्याबिन तथा स्लोप प्रोटेक्सनको स्थायी कार्य गरिनेछ ।
प्राविधिक टोली घटनास्थलमै खटिएर निरन्तर अनुगमन तथा आवश्यक कार्य गरिरहेको छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया