प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष पनि ‘पक्कु फेस्टिभल–२०८३’ शुरु गरेको छ ।

शनिबार काठमाडौंको महाराजगञ्जस्थित प्रेसिडेन्ट सेकुवामा पत्रकार सम्मेलन गरेर पक्कु फेस्टिभलका विषयमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष समेत रहेका प्रेसिडेन्ट ग्रुपका टी.आर.भण्डारी (शंकर)ले जानकारी दिइएको हो ।

‘नेपाली खानाको विविधतामध्ये पक्कु एउटा मौलिक, स्वादिष्ट र गाउँघरको परम्परागत पाककलासँग गहिरो सम्बन्ध राख्ने उत्सवको परिकार हो,’ उनले भने, ‘पुस्तौँदेखि हाम्रो सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिँदै आएको यस परिकारलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुना र अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले विगत तीन वर्षदेखि निरन्तर रूपमा पक्कु फेस्टिभल आयोजना गर्दै आएको छ ।’

यस वर्ष २०८३ साल आश्विन २५ गतेदेखि २९ गतेसम्म पाँच दिनसम्म प्रेसिडेन्ट बिजनेस ग्रुपका विभिन्न आउटलेटहरूमा पक्कुका साथै विविध परिकार प्रस्तुत गरिनेछन् । काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित आउटलेटहरूमा पक्कुको मौलिक स्वाद, परम्परागत पाकविधि र नेपाली आतिथ्यताको विशेष अनुभव प्रदान गर्ने तयारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अभियानलाई काठमाडौंमा मात्र सीमित नराखी लुम्बिनी प्रदेशबाट समेत नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा प्रेसिडेन्टको पक्कुलाई प्रस्तुत तथा प्रवर्द्धन गरिनेछ ।

‘नेपाली खानालाई व्यवस्थित रूपमा पहिचान, प्रस्तुति र ब्रान्डिङ गर्न सकियो भने यसले पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउनुका साथै स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पार्न सक्छ,’ महासंघका अध्यक्ष भण्डारीले भने ।

प्रेसिडेन्ट बिजनेस ग्रुप विगत दुई दशकदेखि होटल तथा रेस्टुरेन्ट व्यवसायमा निरन्तर सक्रिय रहँदै आएको स्थापित व्यावसायिक समूह हो । यस अवधिमा प्रेसिडेन्ट ग्रुपले खाना, सेवा, गुणस्तर, स्वच्छता र आतिथ्यतालाई आफ्नो व्यावसायिक यात्राको मूल आधार बनाउँदै आएको छ ।

Published : Saturday, 2026 October 10, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया