काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ ।
कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन क्रुजिङका नयाँ सम्भावनाबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा टाईरुनले आफ्नो प्रिमियम लक्जरी एक्सपिडिसन क्रुज ब्रान्ड सिल्भरसी क्रुजेसका उत्पादन तथा यात्राबारे जानकारी प्रस्तुत गरेको थियो ।
कार्यक्रममा ट्राभल एडभाइजरहरूलाई विश्वका केही दुर्गम तथा आकर्षक गन्तव्यहरूमा सिल्भरसीले सञ्चालन गर्ने विशेष एक्सपिडिसन यात्राबारे जानकारी दिइएको थियो ।
यसमा अन्टार्कटिका, आर्कटिक, गालापागोस द्वीपसमूह तथा किम्बर्ली कोस्ट लगायतका गन्तव्यहरू समावेश छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा टाईरुन ट्राभल मार्केटिङका तर्फबाट इन्द्रनिल साह, रिजनल म्यानेजर – इस्ट इन्डिया, नेपाल एन्ड बंगलादेश, तथा मीनाक्षी जग्गी, हेड – सेलिब्रिटी क्रुजेस एन्ड सिल्भरसी क्रुजेस सहभागी थिए ।
उनीहरूले नेपाली ट्राभल पार्टनरहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै क्रुज उत्पादनका नयाँ अपडेट, गन्तव्यसम्बन्धी जानकारी तथा लक्जरी र एक्सपिडिसन क्रुजिङमा विकसित हुँदै गरेका अवसरबारे जानकारी आदानप्रदान गरेका छन् ।
नेपाली ट्राभल एडभाइजरहरूलाई सिल्भरसीका विशेष क्रुज उत्पादन, गन्तव्य र यात्रा अनुभवबारे थप जानकारी हासिल गर्ने अवसरसमेत प्रदान गरेको थियो ।
उनीहरूले आफ्ना ग्राहकका लागि विशेष तथा प्रिमियम क्रुज अनुभवलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने अपेक्षा गरिएको छ ।
‘टाईरुन पार्टनर कनेक्ट’ पहलले नेपालका ट्राभल ट्रेडसँग टाईरुनको सम्बन्ध थप मजबुत बनाउनुका साथै विशेष क्रुज उत्पादनबारे स्थानीय ट्राभल एडभाइजरहरूमा जानकारी र पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ ।
नेपालको आउटबाउन्ड पर्यटन बजारमा यात्रुहरू परम्परागत भ्रमणभन्दा फरक, व्यक्तिगत र अनुभवमा आधारित अन्तर्राष्ट्रिय यात्रातर्फ आकर्षित हुँदै गएको अवस्थामा लक्जरी क्रुज तथा एक्सपिडिसन यात्रा नेपाली ट्राभल व्यवसायका लागि नयाँ उत्पादनका रूपमा विकसित हुन सक्ने देखिन्छ ।
टाईरुन पार्टनर कनेक्टमार्फत टाईरुन ट्राभल मार्केटिङले नेपालका ट्राभल पार्टनरसँगको सहकार्यलाई निरन्तरता दिँदै विश्वका लक्जरी तथा एक्सपिडिसन क्रुज अनुभवलाई नेपाली यात्रुमाझ थप नजिक ल्याउने प्रयास गरिरहेको छ ।
काठमाडौंमा आयोजित दोस्रो संस्करणले नेपाललाई प्रिमियम आउटबाउन्ड ट्राभलका लागि उदीयमान बजारका रूपमा केन्द्रित गर्दै उच्चस्तरीय अन्तर्राष्ट्रिय यात्रा अनुभवप्रति बढ्दो रुचिलाई समेत उजागर गरेको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया