धनियाँले सुगर, थाइराइड, महिनावारीलाई फाइदा
काठमाडौं । धनियाँको दानालाई सुकाएर पिसेर मसला बनाउने गरिन्छ । धनियाँ प्रयोग गर्दा खानाको स्वाद दोब्बर बनाउँछ ।
धनियाँको बीउ वा हरियो पातको प्रयोग दुवै स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छन् । धनियाँमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ‘ए’, भिटामिन ‘सी’, भिटामिन ‘के’ आदि जस्ता धेरै पोषक तत्वहरू पाइन्छन् ।
बिहान खाली पेटमा धनियाँको दानाको पानी पिउनु निकै फाइदाजनक मानिन्छ । थाइराइड रोगीका लागि धनियाँको पानी अमृत मानिन्छ । धनियाँको पानीलाई दैनिक खाली पेटमा पिउनाले थाइराइड नियन्त्रण गर्न मद्दत गर्छ ।
बिहान खाली पेटमा धनियाँको पानी पिउनाले पाचनसम्बन्धी समस्यामा सहयोग हुन्छ । धनियाँले एसिडिटीको समस्याबाट जोगाउँछ । धनियाँले जलन, ग्यास जस्ता समस्याहरू हुँदैन ।
धनियाँको पानी पिउँदा तौल पनि नियन्त्रणमा रहन्छ । यसमा पाइने उच्च फाइबरको कारणले पेट लामो समयसम्म भरिपूर्ण रहन्छ । भोक लाग्नबाट बचाउँछ र तौललाई पनि नियन्त्रणमा राख्छ ।
महिनावारीको समयमा दुखाइ र पेट दुखाइ कम गर्न धनियाँको पानी उत्तम विकल्प मानिन्छ । धेरै पोषक तत्व र एन्टिअक्सिडेन्टले भरिपूर्ण धनियाँको पानी दैनिक पिउनाले छालाको समस्याबाट मुक्ति मिल्छ । धनियाँले छालाको रङ्ग निखार्छ । बुढ्यौलीपनामा कमी हुन्छ ।
धनियाँको दानामा हाइपोग्लाइसेमिक गुण पाइन्छ । धनियाँले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । दैनिक धनियाँको पानी पिउनाले मधुमेहका बिरामीलाई फाइदा हुन्छ । धनियाँको दानामा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ । जसले सुन्निएको कम गर्न मद्दत गर्छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया