नकारात्मक असर देखिएपछि एस्ट्राजेनेकाले सबै खोप फिर्ता मगाउने
लण्डन । एस्ट्राजेनेकाले विश्व बजारमा रहेका आफ्ना सबै कोरोनाविरुद्धको खोप फिर्ता मगाउने भएको छ ।
एस्ट्राजेनेकाले कोरोनाभाइरसको नयाँ भेरिएन्टलाई लक्षित गरेर बजारमा अन्य विभिन्न खोप उपलब्ध रहेकाले आफ्नो खोपको मागमा गिरावट आएको बीबीसीले जनाएको छ ।
एस्ट्राजेनेकाले पछिल्लो समय बेलायतको अदालतमा जम्मा गराएको दस्तावेजमा पहिलोपटक आफ्नो कोरोनाविरुद्धको खोपले केही मानिसमा नकारात्मक असर देखिन सक्ने स्वीकारेको थियो ।
कोरोनाभाइरसविरुद्धको खोप लगाएका विभिन्न व्यक्तिले एस्ट्राजेनेकाको साइडइफेक्टलाई लिएर क्षतिपूर्तिको मुद्दा पनि दर्ता गराएका छन् ।
अध्ययनमा एस्ट्राजेनेकाको खोपले लाखौँ मानिसको ज्यान जोगाएको पनि पुष्टि भएको छ ।
Published : Thursday, 2024 May 9, 9:49 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया