घ्युकुमारीको जुसले के-के हुन्छ फाइदा ?
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2023/09/Aloe_Vera_Juice.jpg?resize=810%2C467&ssl=1)
काठमाडौं । घ्युकुमारीको जुस नियमित पिउँदा शरीरमा इनर्जी बढ्छ । घ्युकुमारीको जुसमा कैयौँ पोषण तत्व, भिटामिन र मिनरल हुन्छन् ।
घ्युकुमारीले शरीरको सिस्टममा सुधार ल्याउने गर्छ । घ्युकुमारीले ऊर्जा पनि बढाउँछ । घ्युकुमारीको जुस पिउँदा शरीरको प्रतिरक्षा क्षमता बढ्छ । यसका लागि घ्युकुमारीकोे पात काटेर त्यसलाई खुर्किएर तीनदेखि चार चम्चा निकाली त्यसको जुस तयार पार्नुपर्छ ।
घ्युकुमारीमा भएको एन्टिइन्फ्लेमेटरीले पेटको रोगलाई हटाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा कब्जियतको समस्याबाट पनि बच्न सकिन्छ ।
घ्युकुमारीको जुसको सेवनले छालामा पनि निखार ल्याउने गर्छ । यसको नियमित सेवनले छालालाई लामो समयसम्म जीवित र चमकदार राख्ने गर्छ । घ्युकुमारीले छालाका विभिन्न समस्या, रिंकल्स, दाग, धब्बा, आँखाको कालो घेराजस्ता समस्या हटाउन भूमिका खेल्छ । यसले कपालमा पनि चमक ल्याउने गर्छ ।
शरीरमा भएका कैयौँ विषालु तत्वले शरीरमा नकारात्मक प्रभाव पार्छ । जसका लागि शरीरलाई डिटाक्सको जरुरी हुन्छ । घ्युकुमारीको जुसमा राम्रो डिटाक्सिफिकेसन गुण हुन्छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200&ssl=1)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया