मस्तिष्कको पोषण कोलिन

काठमाडौं । सन् २०२० मा ३८ जनावर र १६ मानवमा गरिएको अध्ययनमा कोलिनको पोषणपूरक थप्दा मस्तिष्क विकासमा सहयोग गर्ने देखिएको छ ।

अहिलेसम्म जनावरमा मात्र कोलिन र संज्ञानात्मक क्षमताबीच बलियो सम्बन्ध प्रमाणित भएको देखाएको छ । यससम्बन्धी अनुसन्धान प्रतिवेदनमा कति पोषणपूरक आवश्यक हो भन्ने सुझाइएको छैन । धेरैजसो मानवमा गरिएको अध्ययनमा कोलिन ९३० मिलिग्राम प्रतिदिन दिइएको थियो जुन करिब ६ वटा कुखुराको अण्डा खाएमा प्राप्त हुने मात्रा हो । यति मात्रा खाँदा नराम्रो असर पाइएको थिएन ।

ओएनका अनुसार केही मानिसलाई दैनिक सुझाव गरिएको मात्राभन्दा बढी आवश्यक पर्ने पनि हुन सक्छ, रजनोवृत्ति पछिका महिलाहरू, एस्ट्रोजोन होर्मोन कम भएका मानिसहरू र फ्याटी लिभर भएका मानिसहरू ।

‘हामीले कोलिन भएका खानेकुरा खायौँ भने त्यो हाम्रो रगतमा सजिलै सोसिन्छ,’ जियाङ भन्छिन् त्यसैले पनि हामीले कोलिन यथेष्ट खाने उपाय अपनाउनुपर्छ ।

अध्ययनहरूले देखाएका छन्– हामीमध्ये धेरैले पर्याप्त कोलिनयुक्त खानेकुरा खाएका छैनौँ । एउटा अध्ययनले करिब ११ प्रतिशत अमेरिकी वयस्कहरूले मात्रा सुझाइए अनुसारको दैनिक मात्रा खाइरहेका छन् ।

अण्डा कोलिन प्राप्त गर्न एक महत्वपूर्ण स्रोत हो । त्यसैले भीगन खाना रोज्नेहरूले कोलिन यथेष्ट नपाउने हुन् कि भन्ने चिन्ता प्रकट गरिएको छ । विकसित मुलुकहरूमा वनस्पतिमा आधारित कोलिन पोषणपूरक रूपमा उपलब्ध छन् ।

एक अध्ययनले अण्डा खानेहरूमा नखानेमा भन्दा दोबर मात्रामा कोलिन पाइयो र ती अध्ययनकर्ताहरूले अण्डा नखानेहरूमा पोषणपूरकका रूपमा कोलिन नलिने हो भने शरीरका लागि यथेष्ट कोलिन प्राप्त गर्न अत्यन्त मुस्किल हुन्छ भन्ने निष्कर्ष निकालेका छन् ।

इएफएसको सुझाव अनुसारको ४०० मिलिग्राम कोलिन प्रतिदिन धेरै मानिसहरूले आफ्नो खुराकलाई राम्ररी ध्यानमा राखे भने प्राप्त गर्न सकिने जियाङ बताउँछिन् । तोफु, पिनट बटर र भटमास कोलिनका महत्वपूर्ण स्रोत हुन् ।

आफूले पर्याप्त कोलिन नपाएको भन्ने लाग्नेहरूले दैनिक पोषकपूरण खान सक्ने ओएन भन्छन् । कोलिनले स्वास्थ्यमा पु¥याउन सक्ने फाइदाबारे थप जानकारीका लागि जनावर र मानवमाथि थप अध्ययन आवश्यक रहेको उनले बताइन् ।

यद्यपि अहिले कोलिनबारे चेतना बढ्दो छ डर्बीशर भन्छिन् । यो अलि बेवास्ता गरिएको जस्तो भए पनि यो छिटै धेरैका नजरमा पर्न सक्छ ।

Published : Wednesday, 2025 May 7, 7:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया