अन्तरिक्षमा क्यान्सरको औषधि विकसित, थोरै खर्चमा छिटो उपचार
न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र औषधि उत्पादक कम्पनी मर्कको संयुक्त प्रयासमा अन्तरिक्षमा प्रोटिन क्रिस्टलको वृद्धिसम्बन्धी अध्ययनबाट क्यान्सरको औषधि विकास भएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा गरिएको अनुसन्धानले क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । क्यान्सरको नयाँ खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले गत सेप्टेम्बरमा स्वीकृति दिएको छ । अब क्यान्सर बिरामीले दुई घण्टासम्म चल्ने लामो इन्फ्युजन लिनुपर्ने बाध्यता हटेको छ ।
अब १÷२ मिनेटमै इन्जेक्सनमार्फत बिरामीलाई औषधि दिएर उपचार सम्भव भएको छ । क्यान्सर उपचारलाई सरल, छिटो र कम खर्चिलो बनाउनेछ ।
क्यान्सरको नयाँ उपचार औषधि कम्पनी मर्कको पेम्ब्रोलिजुमाब नामक औषधिको इन्जेक्सन हो । यसलाई बिरामीको छालामुनि सबक्युटेनियस इन्जेक्सनमार्फत् दिइन्छ । यो औषधि इम्युनोथेरापीको श्रेणीमा पर्छ । पेम्ब्रोलिजुमाब औषधिलाई मेलानोमा तथा फोक्सोको क्यान्सर जस्ता विभिन्न क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने गरिएको छ ।
मर्क कम्पनीले सन् २०१४ देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई प्रयोगशालाका रूपमा प्रयोग गर्दै अनुसन्धान गर्दै आएको छ । कम्पनीले प्रयोगशालामा तयार गरिने मोनोक्लोनल एन्टिबडीका प्रोटिन क्रिस्टलहरू अन्तरिक्षको वातावरणमा उत्पादन गरेको थियो । एन्टीबडीले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
अन्तरिक्षमा गरिने अनुसन्धानले पृथ्वीमा औषधि विकासलाई छिटो र गुणस्तरीय बनाउन मद्दत गर्दछ । जसले क्यान्सर जस्ता जटिल रोगहरूको उपचारलाई सरल र प्रभावकारी बनाउँछ । अन्तरिक्ष यात्रीहरूको चन्द्रमा तथा मंगल अभियान जस्ता दीर्घकालीन मिसनहरूको तयारीमा पनि सहयोग पु¥याउँछ ।
समग्रमा अन्तरिक्षको खोज अनुसन्धानले केवल अन्तरिक्षयात्रीलाई मात्र होइन पृथ्वीका सामान्य मानिससम्म पनि लाभ पु¥याइरहेको छ । भविष्यमा यसबाट अझ धेरै नयाँ औषधि र उपचार विकसित हुने सम्भावना छ । क्यान्सरका बिरामीहरूको लागि पछिल्लोपटक विकशित यो नयाँ इन्जेक्सन पनि ठूलो आशाको संकेत बनेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया