मेथीमा औषधीय गुण
पेट
अस्वस्थ खानपानका कारण आजकल ग्यास, कब्जियत र एसिडिटीको समस्या सामान्य बनिसकेको छ । मेथीको पानीमा प्रशस्त मात्रामा फाइबर र पाचन सुधार गर्ने गुण हुन्छ । बिहान खाली पेटमा यसको सेवन गर्दा पेट सफा हुन्छ । यसले खाना छिटो पचाउन मद्दत गर्नुका साथै ग्यास र अपचजस्ता समस्याबाट राहत दिन्छ ।
तौल घटाउन
मेथीको पानीले हाम्रो शरीरको मेटाबोलिजमलाई तीव्र पार्छ । यसको सेवनले शरीरको अतिरिक्त बोसो पगाल्न ९कम गर्न० मद्दत गर्छ । यो पानी पिउनाले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ, जसले गर्दा बारम्बार भोक लाग्ने वा खाइरहने बानी हट्छ र तौल नियन्त्रणमा रहन्छ ।
मधुमेह
मेथीको पानी मधुमेह (सुगर)का बिरामीका लागि वरदान सावित हुन सक्छ । आयुर्वेदका अनुसार मेथीको दानाले शरीरमा इन्सुलिनको कार्यलाई सुधार गरी रगतमा चिनीको मात्रा (सुगर लेभल) नियन्त्रण गर्न मद्दत गर्छ । यदि कसैको परिवारमा मधुमेहको इतिहास छ वा कोही यस समस्याबाट पीडित छभने उनीहरूले हरेक बिहान खाली पेटमा मेथीको पानी अवश्य पिउनुपर्छ ।
छाला र कपाल
सबैजना आफ्नो कपाल स्वस्थ र छाला चम्किलो होस् भन्ने चाहन्छन् । मेथीको पानीमा एन्टिअक्सिडेन्ट र विभिन्न भिटामिन पाइन्छन्, जसले शरीरभित्रको रगत शुद्ध पार्छ । रगत शुद्ध भएपछि अनुहारमा डन्डीफोर (पिम्पल), दाग र चाउरीपना कम हुन थाल्छ । यसबाहेक, यसले कपालको जरालाई बलियो बनाउँछ र कपाल झर्ने समस्याबाट राहत प्रदान गर्छ ।
शरीरको दुखाइ कम
उमेर बढ्दै जाँदा वा शरीर कमजोर हुँदा प्रायः जोर्नी दुख्ने र थकान महसुस हुने गर्छ । मेथीको तासीर (स्वभाव) केही न्यानो (उष्ण) हुनुका साथै यसमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले सुन्निएको र जोर्नीको दुखाइ कम गर्न मद्दत गर्छ ।
मेथीको पानी बनाउने तरिका
सुत्नुअघि एक गिलास पानीमा एक चम्चा मेथीको दाना भिजाउनुहोस् । बिहान छान्नीले पानीलाई छानेर खाली पेटमा बिस्तारै पिउनुहोस् । तपाईं उक्त भिजेको मेथीको दाना चपाएर पनि खान सक्नुहुन्छ । (सामाजिक सञ्जालबाट साभार)
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया